रामेछाप सहित ५७ जिल्लाका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदै

आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ

रामेछाप सहित ५७ जिल्लाका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदै

आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ

आजदेखि रामछोप सहित देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ । अधिधावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न सक्ने र विद्यार्थी छुट्न सक्ने सम्भावना रहेकाले तोकिएको उमेर पुगेका सबै विद्यार्थीलाई खोप दिन मन्त्रालयको आग्रह छ ।

आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाले निर्णय गरेअनुसार खोप केन्द्र तोकेर खोप लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार