रामेछाप नगरपालिका र बीमा समिति बीच छलफल

बीमा समिति र रामेछाप नगरपालिका बीच स्थानिय तहसँग बीमा समिति विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख न्यौपानेले नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गर्नुभयो । उहाँले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि बीमा समितिसँग समन्वय गरेर नगरपालिका अगाडि […]

कलेजको सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने रामेछापका एक सहित ४ विद्यार्थी पक्राउ

काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले रामेछापका एक सहित चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । […]

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ नामको विरुवा उमारेर मल बनाउन सकिने कृषि विज्ञहरूले बताएका छन् । हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको भन्दै यसको विकल्पमा ढैैँचा’ नामको विरुवा प्रयोग गर्न सकिने उनीहरूले बताएका हुन् । कृषिविज्ञ निर्मल रेग्मीलेगोबर मल र रासायनिक मलको विकल्पमा कतिपय किसानले आफ्नो खेतमा ‘ढैैँचा’ नामको बिरुवा उमारेर मल बनाउन सुरु गरिसकेका […]

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैै

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।बजेटमा केही […]

रामेछाप सहित ११९ पालिकाका प्रमुख,उपप्रमुख हेटौँडामा

बाग्मती प्रदेशका रामेछाप सहित एक सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख हेटौँडामा भेला भएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्मन्धी अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि भएका हुन् । आज र भोलि चल्ने […]

जिसस रामेछापमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन । आज भएको निर्वाचनमा सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चिना खड्का काकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा विजयी हुनु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसले प्रमुख सहित ४ नेकपा माओवादी केन्द्रले उपप्रमुख सहित ५ […]

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी भएको छ । आज रामेछापको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । रामेछाप फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा नयाँ गोरख गण रामेछाप र रामेछाप फुटबल संघबिच खेल भएको थियो । उक्त खेलमा रामेछाप फुटबल संघले नयाँ गोरख गण रामेछापलाई […]

नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्न नगर प्रमुख न्यौपानेको आग्रह

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले रामेछाप साँस्कृतिक कलाकार समाजलाई नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गर्नुभयो । रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितिको प्रथम साधारण सभा तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उहाँले रामेछाप नगरपालिका विभिन्न जातिय संस्कृतिहरुको फुलबारी रहेको बताउनुभयो । तामाङ,मगर,हायु,माझी,नेवार,सुनुवार जस्ता विभिन्न जातिहरुको आफ्नै संस्कृति रहेको र त्यो […]

रामेछाप नगरपालिकामा ३६ जनाले गरे रक्तदान

रामेछाप नगरपालिकामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको समन्वय तथा स्थानिय तह कर्मचारी युनियन नेपाल रामेछाप, रामेछाप बिजनेश एन्ड प्रोफेसनल वमेन रामेछाप, समाज सेवा जागृती महिला बचत तथा ऋृण सहकारी सस्था लिमिटेड रामेछापको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको नेपाल […]

रामेछाप नगरपालिकाको समग्र विकासमा रहेर नगर प्रमुख लबश्री न्यौपानेसँगको अन्तरवार्ता

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरका बेरोजगार नागरीकहरुलाई आय आर्जनका कार्यक्रम तर्फ सीपमूलक तालिम, व्यवसायीक कृषि तालिम लगायतको व्यवस्था गरी नगर बासीलाई अनुदानको व्यवस्था मिलाउने बताउनुभयो । उहाँले नगरपालिका ग्यारेन्टी बसेर न्यूनतम् व्याजदरमा बैकबाट ऋण उपलव्ध गराएर नगरबासीलाई आयआर्जनको बाटोतर्फ उन्मुख गराउँने बताउनुभयो । निःशुल्क स्वास्थ्य विमाको निति लिएर आफु अघि बढ्ने भन्दै उहाँले नगरबासी […]