रामेछापका लाक्पा शेर्पा कोरियामा सम्मानित

दक्षिण कोरियामा भाषा अनुवादकको रुपमा काम गर्दै आईरहेका रामेछापका एक युवा त्यहाँको स्थानिय सरकारबाट सम्मानित भएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–४, भण्डार स्थायी घर भई हाल दक्षिण कोरियामा रहेका लाक्पा शेर्पालाई दक्षिण कोरियाको स्थानिय ख्याङ्गिदो सरकारले सम्मानित गरेको हो । सन् २०२१ भरिमा भाषा अनुवादकको रुपमा राम्रो काम गरेको भन्दै त्यहाँको सरकारले उनलाई सम्मान गरेको […]

आजबाट सन् २०२२ सुरु

अङ्ग्रेजी नयाँ वर्ष आजबाट सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको इतिहास रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक […]

कोरोनाको नयाँ भेरिएन्टले चिन्ता बढायो : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ बढी सङ्क्रामक गराउने बताएको छ । सङ्गठले कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर चिन्ता व्यक्त गर्दै यो भाइरस तीव्र गतिमा म्युटेट हुने हुँदा थप सङ्क्रामक भएको बताएको छ । यो भाइरस निकै तिव्र गतिमा र धेरै सङ्ख्यामा म्यूटेट हुने प्रजाति रहेको पनि सङ्गठनले चेतावनी दिएको […]

हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउनु भएको छ । यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिङ्गो विश्व चिन्तित हुनुपर्ने उहाँको भनाइ छ । संयुतm अधिराज्य (बेलायत) को ग्लास्गोमा गएराति आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्वसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले नजिकबाट नियाल्नु पर्ने बताउनु भएको […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि सुरु हुँदै 

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि सुरु हुँदैछ । स्कटल्याण्डको ग्लास्गोमा सुरु हुने सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा सहभागित हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली त्यसतर्फ गएको छ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसभेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन […]

कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने डब्लूएचओको चेतावनी 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ । विश्वका गरिब देशहरूको खोपमा पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ मा पनि कायम रहने डब्लूएचओले चेतावनी दिएको हो । गरिब देशहरूले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको […]

साउदी अरब जानेअनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

साउदी अरब सरकारले आफ्नो मुलुक आउनेहरूका लागि नयाँ नियम तय गरेको छ । साउदी अरबको जनरल अथोरिटी अफ सिभिल एभिएशनले हिजो विदेशी नागरिकका लागि नयाँ नियम जारी गरेको हो । नयाँ नियमका अनुसार कोरोनाविरुद्धको खोप लगाएपनि ५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, विश्व स्वास्थ्य संगठन र साउदी सरकारले अनुमति दिएको खोप लगाएको हुनुपर्ने, क्वारेन्टाइनमा बस्दा र […]

एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षमा विरोध र समर्थन

एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुबैमा समर्थन र विरोध दुबै भइरहेको छ । काँग्रेसभित्र पनि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवा संसदबाट यसलाई पारित गर्ने पक्षमा रहनुभएको छ भने केही नेताहरु यसको विपक्षमा रहेका छन् । एमालेका नेता भीम रावलले एमसीसी सम्झौता पारित गर्न नहुने बताउँदै आउनुभएको छ । माओवादी केन्द्र र एमालेभित्र पनि नेताहरूबीचमा […]

आज अन्तर्राष्ट्रिय योग दिवस, औपचारिक तथा अनौपचारिक रूपमा मनाइँदै

योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग […]

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

कोरोना भाइरस कोभिड १९ को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको चैत्र देखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । अघिल्लो वर्ष ५ लाख ४५ हजार १७ जनाले श्रम स्वीकृत लिएका थिए, […]