साउदी अरब जानेअनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

साउदी अरब जानेअनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

साउदी अरब सरकारले आफ्नो मुलुक आउनेहरूका लागि नयाँ नियम तय गरेको छ । साउदी अरबको जनरल अथोरिटी अफ सिभिल एभिएशनले हिजो विदेशी नागरिकका लागि नयाँ नियम जारी गरेको हो । नयाँ नियमका अनुसार कोरोनाविरुद्धको खोप लगाएपनि ५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, विश्व स्वास्थ्य संगठन र साउदी सरकारले अनुमति दिएको खोप लगाएको हुनुपर्ने, क्वारेन्टाइनमा बस्दा र क्वारेन्टाइन समय सकिँदा कोरोना नभएको रिपोर्ट पेश गर्नुपर्ने छ । यो नियम २५ सेम्टेम्बरबाट लागू हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार