कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने डब्लूएचओको चेतावनी 

कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने डब्लूएचओको चेतावनी 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ । विश्वका गरिब देशहरूको खोपमा पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ मा पनि कायम रहने डब्लूएचओले चेतावनी दिएको हो ।

गरिब देशहरूले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको छ ।डब्लुएचओका सिनियर लिडर डाक्टर ब्रुस यलवार्डले गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु, कोरोना भाइरसको महामारी सन् २०२२ सम्म सहज रुपमा लम्बिनु भएको बताउनुभयो । अहिलेसम्म सबैभन्दा कम खोप अफ्रिकामा पुगेको छ ।

अफ्रिकाका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका छन् । डाक्टर यलवार्डले धनी देशहरुलाई खोप उत्पादक कम्पनीहरुमा गरेको आफ्नो खोपको मागलाई त्याग गर्न आग्रह गर्नुभएको छ ।

धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकहरुले कम आय भएका देशहरुलाई प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ ।यस्तै धनी देशहरुले वाचा गरे अनुसारको खोपको आपूर्ति गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

द पिपुल्स भ्याक्सिनले हालै सार्वजनिक गरेको तथ्याङ्गक अनुसार खोप उत्पादक तथा धनी देशहरुले वाचा गरेको मध्ये सातमा एक खोप मात्रै अहिलेसम्म गरिब देशहरुमा पुगेको छ ।अहिलेसम्म खोपको पहुँचमा सबैभन्दा पछि रहेको अफ्रिकामा विश्वभर लगाइएको खोपको मात्रै २ दशमलव ६ प्रतिशत रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार