आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण यो वर्ष पूजा विधि पु¥याउन मात्र गरिने भएको […]

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज रक्षा वन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ ।आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको नेपाल पञ्चाङ्ग […]

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन रहेको छ । नागको पुजा गरेमा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका र प्राकृतिक विपत्तको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि काठमाडौंको […]

आज साउन १५, खिर खाएर मनाईँदै

आज साउन १५ गते, खिर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो […]

आज तुलसी रोप्ने दिन, चार महिनासम्म विशेष पूजा सुरु हुँदै

आज तुलसी रोप्ने दिन, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको […]

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङक्रान्ति,देशभर स्नान, दान गरेर मनाइँदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन भएको हुनाले आज देशभर साउने सङ्क्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ । माघ १गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आजको दिनमा हिलो मैलोका कारण लाग्ने छालासम्बन्धी रोग […]

आज १८ औँ राष्ट्रिय धान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज १८ औँ राष्ट्रियधान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर सरकारले धान दिवसको नाउमा हिलो नखेल्न र दुरी कायम गर्न अनुरोध गरेको छ । असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । […]

वैदिक सनातन धर्मावलम्बीले मठमा तुलसीको दल राख्दै

वैदिक सनातन धर्मावलम्बीले आआफ्ना घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई […]

आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदै

आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं कालजयी सन्देशका […]

आज मातातिर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्नेदिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । सन्तानले आज आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ […]