हिलेपानीमा बन्यो शिवलिंगेश्वर मन्दिर,उपप्रमुखद्धारा उद्धघाटन

हिलेपानीमा बन्यो शिवलिंगेश्वर मन्दिर,उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीमा चिटिक्क परेको शिवलिंगेश्वर मन्दिर निर्माण भएको छ । रामदेव मुडुला कार्की समाजले उक्त मन्दिर निर्माण गरेको हो ।

स्वर्गिय दिप ब कार्कीको सकृयतामा निर्माण भएको उक्त मन्दिर आज रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले उद्धघाटन गर्नुभयो । मन्दिर उद्धघाट गर्दै उपप्रमुख खड्काले आफु जन्मेर हुर्केको ठाउँमा निर्माण भएको मन्दिरको आफैले उद्धघाटन गर्न पाउँदा निकै खुशि लागेको बताउनुभयो ।

रामेछाप नगरपालिकाको १० लाख र बाँकी रामदेव मुडुला कार्की समाजको लगानीमा निर्माण भएको मन्दिरमा शिव,पार्वती,गणेश र कुमारको मुर्ति राखिएको छ । उक्त शिवलिंगेश्वर मन्दिरमा १०८ वटा दियो,२० किलोको त्रिशुल,४ वटा सिंहको मुर्ति र २ वटा घण्टि राखिएको रामदेव मुडुला कार्की समाजका अध्यक्ष कमल विक्रम कार्कीले जानकारी दिनुभयो ।

मन्दिरमा राखिएको मुर्ति,दियो,त्रिशुल,घण्टि समाजमा आबद्ध दाजुभाईहरुबाटै सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । रामदेव मुडुला कार्की समाजमा हिलेपानीका ९३ घरपरिवार आबद्ध छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार