पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिँदै

पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिँदै

पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । ज्योतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात पिण्डदान गरिन्छ ।

पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारण सोह्रश्राद्धको अरु तिथिमा श्राद्ध गरिएन भने पनि औँसी तिथिमा गर्न सकिने कर्मकाण्डीय व्यवस्था रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ । सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्षको सुरुवात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार