रामेछापबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन भने गुरुङ जनजाति महिला तर्फबाट सदस्यमा निर्वाचित हुनुभएको हो । सदस्यमा निर्वाचित श्रेष्ठ […]

काँग्रेसले अधिवेशन हुन नसकेका १६ जिल्लामा यही पुस २७ गते गर्ने

नेपाली काँग्रेसले१६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने भएको छ । यसअघि मङ्सिर २४ गतेदेखि महाधिवेशन भएपनि विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन । तिनै जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले  बताउनुभयो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुलीमा […]

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी पूरा

भोलिदेखि काठमाडौंमा सुरु हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सम्मेलनको लागि गरिने प्राविधिक तथा भौतिक तयारीहरू लगभग सकिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र पार्टी कार्यालयका सचिव श्रीराम ढकालले प्रतिनिधिहरू काठमाडौंमा जम्मा हुने क्रम सुरु भएको बताउनुभयो । उहाँले सम्मेलनमा सहभागित हुन आउने प्रतिनिधिहरू आज साँझसम्म काठमाडौं आइपुग्ने […]

काँग्रेसको सबै क्लस्टरको मतपरिणाम आज आउँने, बेलुकीसम्ममा मतगणना सक्ने तयारी

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सबै क्लस्टरको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो नै सबै क्लस्टरको मतगणना सकेर सार्वजनिक गर्ने तयारी गरेको भएपनि गणक कम हुँदा आज मात्रै सकिने भएको निर्वाचन समितिले जनाएको छ । समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार आज खसआर्यको लागि खसेको १७ सय र आदिवासी जनजातीको लागि खसेको २५ […]

काँग्रेसको मतगणना सकिन अझैँ दुईतीन दिन लाग्ने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गनेर सकिने अझैँ दुईतीन दिन लाग्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको महाधिवेशनमा गत मङ्सिर २७ गते मतदान भएको थियो । अझैँ पनि महिला, मधेसी महिला खुला केन्द्रीय सदस्य र प्रदेश लगायत क्षेत्रको मत गन्न बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । […]

केन्द्रीय सम्मेलनको लागि प्रतिनिधि छनोट गर्दै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले केन्द्रीय सम्मेलनको तयारीलाई तिब्रता दिएको छ । आउँदो ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनको लागि प्रदेश २ बाहेकका प्रदेशमा कमिटी गठन गरिसकेको माओवादी केन्द्रले जनाएको छ । त्यसको लागि गत शनिबार भौगोलिक,उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश कमिटी गरी ९ वटा प्रदेशको सम्मेलन सुरु गरेको थियो । तर प्रतिनिधि चयनमा कुरा नमिल्दा प्रदेश […]

प्रचण्डआज दुई दिन एकान्तवासमा जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ । ‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ […]

एमालेले पराजित नेतालाई स्थायी कमिटीमा समेट्ने

नेकपा एमालेले १० औँ महाधिवेशनमा पराजित नेतालाई व्यवस्थापन गर्ने बारेमा अनौपचारिक छलफल सुरु भएको छ । एमालेको गत मङ्गलबार सम्पन्न दसौँ महाधिवेशनमा नेताहरू भीम रावल, भीम आचार्य, घनश्याम भुसाल लगायतपराजित भएपछि पार्टीमा समावेश गरी अघि बढ्ने भन्ने बारेमा अनौपचारिक छलफल भइरहेको उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो । महाधिवेशनबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय कमिटीमा ल्याउन स्वतः उम्मेदवारी […]

काँग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशकोनेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ । घिमिरे २ मतअन्तरले पराजित हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ […]

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ ।जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको […]