नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुद्धारा बहिस्कार

नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुद्धारा बहिस्कार

सोमबार सित्खा बजारमा बसेको नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुले बहिस्कार गरेका छन् । जिल्ला सभापति कान्छाराम तामाङ्गको ब्यवहार प्रति असंतुष्ट बनेको सदस्यहरुले बैठक चलिरहेको बेला पार्टि सचिव दीपक खड्काको नेतृत्वमा बैठक बहिस्कार गरेका हुन् । सचिव खड्का संगै समितिका बहुमत सदस्यहरुले पार्टि सचिब दीपक खड्काको लाईनलाई समर्थन गर्दे बैटकबाट बाहिरिएका थिए ।
बैठक बहिस्कार गर्नै हरुमा सचिव दीपक खड्का,सह सचिव ध्रुब चौलागाई रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा शिव बस्नेत ढाकाल थापा,घन नारायण श्रेष्ठ,गुन्ज बहादुर कार्की,कल्पना खड्का कार्की,हिमाल ढुंगेल,सिताराम कार्कि, नबराज घिमिरे,गोमा कार्कि,सुमन्त कार्कि,कमल प्रकाश सुनुवार,कमल कार्कि,संजिब विक,हस्त लामा र मन्दिरा घिमिरे रहेका छन् ।
बैठकको आरम्भ भएपछि पार्टि सचिब दीपक खड्काले बोल्नका लागि सभापति कान्छाराम तामाङ्ग संग समय मागेका थिए । सो क्रममा सभापतिले मनोनित सदस्य नारयण बोगटीलाई प्रबक्तामा मनोनयन गरेको पत्र पढेर सुनाउन आग्रह गरेका थिए । तर सचिव खड्काले सभापतिले विधान विपरित आफु र अन्य पदाधिकारी संग सल्लाहनै नगरि प्रबक्ता तोक्ने काम गरेर नितिगत बर्खिलाप गरेको भन्दै उक्त पत्र पढ्नलाई अस्विकार गरेका थिए ।

आफु बोल्ने क्रममा सचिव खड्काले पार्टिको चौधौ महाधिबेसनबाट विजय भएपछि सातौ बैठक सम्म आइपुग्दा सभापतिले असहमत राखे बापत सचिव दिपक खड्का र सह सचिव ध्रुव चौलागाई लाई बैठकमा नबोलाएको,अकिकांश निर्णय एक्लौटी ढंगले गर्दे आएको, अधिकाँश ब्यवहार र बोलिमा सामान्तबादको गन्ध आउने गरेको पार्टिका नेता तथा कार्यकर्ताहरुलाई नोकरको जस्तो ब्यवहार गरेको आरोप लगाएका थिए ।

पार्टिको बैठक भित्र र बाहिर पनि वोल्ने क्रममा नेता तथा कार्यकर्ताहरुलाई पटक पटक होच्याउने र अपमानित गर्ने जस्ता ब्यबहार गरेको,पुराना तथा त्यागि नेताहरुलाई पनि अपमानजन्य ब्यवहार गर्ने गरेकोले त्यस खालका ब्यवहार कुनै पनि नेता तथा कार्यकर्ताहरुका लागि अमान्य हुने भन्दै बैठक बहिस्कार गर्नै घोषणा सहित आफु बैठक बाट बाहिरिएको सचिव दीपक खड्काले जानकारी दिए ।
सचिब बाहिरिए संगै माथि उल्लेखित सदस्यहरुले पनि खड्काको कुरा प्रति सहमति हुँदै बैठक बहिस्कार गरेका थिए । बैठक बहिस्कार गरेका हरु सोमबार साँझ मन्थली आईसकेका छन् । उता यो समाचार तयार पारुन्जेल सम्म पनि सभापति सहित १३ जना अल्पमत सदस्यको बैठक बसिरहेको छ । यस बारेमा अर्का सचिव विनोद कार्कीसंग सम्पर्क गर्दा उहाँको फोनमा सम्पर्क हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार