एमसीसी परियोजनाका कारण सत्ता गठबन्धनमा खटपट

एमसीसी परियोजनाका कारण सत्ता गठबन्धनमा खटपट

अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सरकारमा सहभागी दलहरूबीच अविश्वास बढेको छ । सरकारमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल संसोधन नगरी एमसीसी पारित नगर्ने पक्षमा छन् ।

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना पारित गराउने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि सत्ता साझेदार दलका नेताहरूले शङ्का गर्न थालेका हुन् । यद्यपी प्रचण्डको निजी सचिवालयले एमसीसी परिमार्जन नगरी पारित गर्न नहुने पार्टीको आधिकारिक धारणा रहेको प्रष्टिकरण दिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो भएको छलफलमा प्रचण्डले एमसीसी परियोजना चुनाव पछाडि मात्र अगाडि बढाउन प्रस्ताव गर्नुभएको थियो । नेपाली काँग्रेस, जसपा भने एमसीसी परियोजना संसदबाट पारित गराउनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार