रामेछापको ठोसे फलाम खानीको ईतिहास (भाग-१)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख […]

विपत्तमा जनतालाई जिस्काउदै सांसद श्रेष्ठ

केहिदिन अघि समाजिक संजालमा एउटा समाचार सार्वजनकि भयो । काठमान्डौमा बसिरहेका रामेछापका नागरिकहरुमा आशा जगाउने खालको त्यो समाचार केहि घण्टामै हरायो पनि । रामेछापबाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले कोरोना माहामारीको यो बेला राजधानीमा समस्यामा रहेका जिल्लाबासीलाई आँफुलाई सम्पर्क गर्न आग्रह गरेको खवर थियो त्यो । सांसद श्रेष्ठको आफ्नै नाम रहेको फेसवुक पेजबाट समेत […]

संविधान विपरित अस्थायी कर्मचारी भर्ना गर्ने तीनै सरकारबीच प्रतिस्पर्धा

केही महिना यता सरकारी निकायले अस्थायी र करारमा कर्मचारी भर्ना गरिरहेका छन् । स्थानीय तह हुँदै प्रदेश र सङ्घीय सरकारले पनि धमाधाम अस्थायी कर्मचारी भर्ना गर्न थालेपछि सर्बत्र आलोचना भएको छ । लोकसेवा आयोगको सिफारिसमा बढीमा ६ महिनाका लागि कर्मचारी भर्ना गर्न सकिने व्यवस्था भएपनि, आयोगसँग कसैले सिफारिस लिएका छैनन् ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालय […]

रामेछापका स्थानिय तहहरुको बेरुजु ४० करोड ३३ लाख

महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा रामेछापका स्थानिय तहहरुको बेरुजु अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढीले वृद्धि भएको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको५७ औँ वार्षिक प्रतिवेदन २०७७ अनुसाररामेछापका स्थानीय तहहरु मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी र रामेछाप नगरपालिकाको सबै भन्दा कम बेरूजु रहेको […]

निजी क्षेत्रको अनियमितता छानबिन अख्तियार मातहत ल्याउन पदाधिकारीको माग

निजी क्षेत्रको अनियमितता छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मातहत ल्याउन आयोगका पदाधिकारीले माग गरेका छन् । आयोगको वार्षिक प्रतिवेदनमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आज बसेको बैठकमा उनीहरूले निजी वित्तीय क्षेत्रको अनुसन्धान तथा छानबिनको अधिकार दिनुपर्ने जनाएका हुन् । आयोगका सचिव सुरेश अधिकारीले व्यक्तिगत सम्पत्तिको छानबिन गर्न अख्तियारले माग नगरेको भन्दै जनताको लगानी हुने […]

बाढीपहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने

सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइँदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धी प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई एक लाखबाट बढाएर दुई लाख पु¥याएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई दुइ लाख र त्यसपछिलाई […]

बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खुल्यो, जोखिम कायमै

सरकारले लगाएको लकडाउन अर्थात् बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खोलेको छ । कोरोना सङ्क्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै बेला सरकारले लकडाउन खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को हिजोको निर्णयपछि ११ चैतदेखि लागू गरिएको लकडाउन आजदेखि अन्त्य भएको हो । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय […]

नेपालमा कोरोना संक्रमितको संख्या आज ७० जना थपिए,जम्मा १६ हजार ७ सय १९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।   हिजो शुक्रबार १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ४ […]