नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब नाघ्यो

नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब नाघ्यो

चालु आर्थिक वर्षको ९ महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब१६ अर्ब नाघेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । गएको चैत मसान्तसम्ममा कुल ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको र ९४ अर्ब ७६ करोड ८० अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

आयातमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ दशमलव १२ प्रतिशतले वृद्धि भएको र व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ४९ प्रतिशतले बढेको विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वस्तु निर्यातमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० दशमलव २३ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वस्तु निर्यात ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको भएको विभागले जनाएको छ । ९ महिनाको अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधिको तुलनामा १३ दशमलव ६४ प्रतिशतले बढी भएको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार