रामेछाप बजारका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

रामेछाप बजारका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

चैत २७ गते, रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर स्टोर्स गरी जम्मा २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको जल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमले बताउनुभयो ।

बजार अनुगमनका क्रममा कानूनी प्रक्रिया पुरा नगरी विक्री गर्न राखिएका र म्याद गुज्रिएका केही खाद्यान्न र कस्मेटिक सामानहरु बरामद गरी नष्ट गर्नका लागि मन्थली ल्याइएको उहाँले बताउनुभयो । व्यवसायीहरुले उपभोक्ताको बीचमा लैजाने वस्तु तथा सामाग्रीहरुको गुणस्तरीयता कायम गराउने उद्देश्यले बजार अनुगमन गरिएको प्रमुख गौतमले बताउनुभयो । आगामी दिनमा रामेछापका अन्य बजारमा समेत अनुगमन गरिने उहाँले बताउनुभयो ।विशेष चाड पर्वलाई लक्षित गरी विभिन्न समयमा बजार अनुगमन गर्दै आएको कार्यालयले छड्के अनुगमन समेत गर्दै आएको उहाँको भनाई छ ।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमको संयोजकत्वमा भएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि, रामेछाप नगरपापालिकाका प्रतिनिधि, रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठ, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडका प्रतिनिधि रामप्रसाद कुश्मा, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार