विभिन्न कार्यक्रम गरी रामेछापमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस

विभिन्न कार्यक्रम गरी रामेछापमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस

“बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मुल नाराका साथ शुक्रवार भुकम्प सुरक्षा दिवस मनाइएको छ । सो अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । मन्थलीस्थीत ट्राफिक चोक वाट सुरु भएको रयालीले मन्थली वजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभा गरेको थियो । जिल्ला विपद् ब्यवस्थापन समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी एबं सो समितिका संयोजक अर्जुन कुमार शर्मा गुरागाँइले यस्ता दिवशहरु औपचारिक रुपमा मनाएर मात्र नहुने वताउनुभयो । उहाले दिवसमा सबै क्षेत्र र वर्गको चासो भएर सहभागि हुनपर्ने भन्दै यस अघि भुक्म्प सँग सम्बन्धीत भएका निर्णयहरुको कार्यान्वयनको अबस्था र पुनः निर्माणमा भएका प्रगतिहरुको वारेमा समिक्षा हुनुपर्ने कुरालाई जोड दिनुभयो । पछिल्लो समयमा २०७२ साल वैशाख १२ र १३ गते बिनासकारी भुकम्प भएको भएपनि नेपाल सरकारले हरेक वर्षको माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार