विद्युत अनियमित हुँदा रामेछापका नागरिक आक्रोसित

रामेछाप जिल्लामा पटकपटक बिजुली जाँदा यहाँका नागरिक आक्रोसित बनेका छन् । सरकारले दैनिक रूपमा भारतलाई बिजुली निर्यात गरिरहँदा देश भित्रकै नागरिक बिजुलीको अभाव खेपिरहेका छन् । रामेछापमा अहिले अघोषित लोडसेडिङ चलिरहेको छ । जसका कारण घर तथा कार्यालयमा असहज भइरहेको छ । बिजुली छिनमा आउने छिनमा जाने समस्याले जिल्ला अस्पतालको सेवा प्रवाहमा निकै समस्या परेको […]

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ नामको विरुवा उमारेर मल बनाउन सकिने कृषि विज्ञहरूले बताएका छन् । हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको भन्दै यसको विकल्पमा ढैैँचा’ नामको विरुवा प्रयोग गर्न सकिने उनीहरूले बताएका हुन् । कृषिविज्ञ निर्मल रेग्मीलेगोबर मल र रासायनिक मलको विकल्पमा कतिपय किसानले आफ्नो खेतमा ‘ढैैँचा’ नामको बिरुवा उमारेर मल बनाउन सुरु गरिसकेका […]

मतदाता नामावली दर्ता प्रक्रिया आजदेखि सुरु

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता आजदेखि शुरु गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिनेछ भने अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि […]

साउन १ गतेसम्ममा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारले आउँदो साउन १ गतेसम्ममा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही गर्ने चेतावनी दिएको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीसाधनमा साउन १ गतेसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात […]

नेपाल रेडक्रस सोसाइटीद्धारा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रामेछाप सहित ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको हो । अमेरिकन रेडक्रसको सहयोगमा रामेछाप,दोलखा,ओखलढुङ्गा, चितवन र मकवानपुर जिल्लाहरूलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो । सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका […]

राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकियो

केन्द्रीय तथ्याङ्क विभागका अनुसार राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकिएको छ । गत बैशाख ६ देखि सुरु भएको राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन मिति सकिन लाग्दा अझै पाँच प्रतिशत तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको हो । प्रत्येक १०÷१० वर्षमा कृषि गणना गर्दै आएको विभागले यसपटक ७ सय ५३ पालिकाका तीन लाख ५० […]

रामेछापका सबै मतगणना स्थलमा सीसीटिभी जडान

रामेछापका सबै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ । निर्वाचन आयोगले मतगणना स्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको ८ वटै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको हो । हिजै सबै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थली रामेछापले जानकारी दिएको छ । २ नगरपालिका ६ गाउँपालिका र ६४ वडा रहेको जिल्लामा ३ सय ३६ […]

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट तिर्न सकिने

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट तिर्न सकिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कुमारी बैंकको क्यूआर कोडबाट रकम भुक्तानी प्रणाली सुरु गरेको हो । गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवात गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । जुनसुकै […]

रामेछापको पालेवनलाई आधुनिक सहर बनाउने योजना

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ पालेवनलाई आधुनिक सहर बनाउने योजना अघि सारिएको छ । मंगलबार(आज) वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको अध्यक्षतामा बसेको स्थानिय सहितको बैठकमा पालेवन क्षेत्रलाई जग्गा विकास(आधुनिक सहर) कार्यक्रम लागु गर्न स्थानियहरु ईच्छुक देखिएका हुन । उक्त बैठकमा जग्गा धनि तथा सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो । रामेछापको पुरानो सदरमुकाम […]

रामेछापको सुकाजोरमा औद्योगिक ग्राम बन्दै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा रामेछाप नगरपालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । रामेछाप नगरपालिकाले  औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा रु ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको वडा नं ७ का वडाअध्यक्ष समिर […]