रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ नामको विरुवा उमारेर मल बनाउन सकिने कृषि विज्ञहरूले बताएका छन् । हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको भन्दै यसको विकल्पमा ढैैँचा’ नामको विरुवा प्रयोग गर्न सकिने उनीहरूले बताएका हुन् । कृषिविज्ञ निर्मल रेग्मीलेगोबर मल र रासायनिक मलको विकल्पमा कतिपय किसानले आफ्नो खेतमा ‘ढैैँचा’ नामको बिरुवा उमारेर मल बनाउन सुरु गरिसकेका जानकारी दिनुभयो ।

उहाँका अनुसार बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई पुनः खेतमा खनजोत गरेर पुरिदिएपछि केहि दिनमा कुहिएर मल बन्छ र यो मलले युरिया मलले उपलब्ध गराउने पौष्टिक तत्व जमिनलाई उपलब्ध गराउँछ । यस्तै यो विरुवाले जमिनको उर्वराशक्ति बढाउन सहयोग गर्ने उहाँको भनाइ छ ।

पछिल्ला वर्षमा घरमा गाई, भैँसीलगायतका पशु चौपाया पाल्ने दर घट्दै जाँदा पर्याप्त गोबर र कम्पोष्ट मलको समेत अभाव हुँदा रसायनिक मलको प्रयोग बढ्दै गएको छ । गोबर मल र रासायनिक मलको अभाव भएको बेला खेतमा यो विरुवा उमारेर मलको रूपमा प्रयोग गर्दा बाली सप्रिने कृषि विज्ञको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार