कोरोना रोकथामका लागि गोकुलगंगा गाउँपालिकाको खर्च लगभग ४२ लाख

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ४१ लाख ८२ हजार ६ सय ५९ रुपैयाँ खर्च भएको छ । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा बढी औषधी एवम् मेडिकल सामाग्री खरिदमा २० लाख ६२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक जागिर रायले ई रामेछापलाई […]

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने भएको छ । आज प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको डिसिसिएमसीको बेठकले रामेछाप जिल्लाभित्र जारी गरिएको निषेधाज्ञालाई खुकुलो पार्दै यस्तो निर्णय गरेको हो । सार्वजनिक सवारी सधानले सिट क्षमताको आधा यात्रु मात्रै र निजी तथा साना सवारी साधनमा चालक बाहेक ३ जना यात्रु राख्न पाइनेछ । […]

रामेछापका ४ जनाले जिते कोरोना, १२ जनाको उपचार हुँदै

रामेछाप जिल्लाका ४ जनाले कोरोना भाईरस (कोविड १९) लाई जितेका छन । रामछाप नगरपालिका वडा नम्बर २ देउरालीका हरि दर्लामी मगर, कल्याण बोगटी,रमेश खड्का र विटु मण्डलले कोरोना भाईरसलाई जितेर आज घर फर्किएका छन । मगर, बोगटी र खड्का भारतबाट फर्किएका थिए । उनिहरु रामेछाप नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । भने मण्डल रामपुर स्वास्थ्य […]

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएको छ। निषेधाज्ञाकास्वरुप उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले परिवर्तन गरेका हुन् । मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएको निषेधाज्ञाको स्वरुपहिजो स्वीकृत भएको हो । निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी […]

दश वर्षिया छोरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा बुवा पक्राउ

दार्चुलामा १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै ३६ वर्षिय बुवा पक्राउ परेका छन् ।जिल्ला सदरमुकाम खलङ्गा बस्दै आएका ती पुरुषले भाद्र २१ गते राती १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।जाहेरी परेपछि घट्नास्थलमा पुगि घटनाबारे जानकारी लिइएको र स्वास्थ्य […]

काठमाडौंमा जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय हुने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् ।निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिए पनि यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् ।हिजो काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला […]

कोरोना रोकथामका लागि मन्थली नगरपालिकाको खर्च लगभग ४६ लाख

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार […]

तीन दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई सरकारको निर्देशन

सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो । तीन दिन भित्र खटाइएको स्थानमा […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हिजो मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा […]

कोरोना रोकथामका लागि रामेछाप नगरपालिकाको खर्च लगभग ७० लाख

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा सबैभन्दा बढी खर्च क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार […]