नेपालमा थप १२ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १२ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार