काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी

काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारीहरूको हिजो साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो […]

नेपालमा कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाको मृत्यु

देशभर कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाले ज्यान गुमाएका छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो […]

संविधान विपरित अस्थायी कर्मचारी भर्ना गर्ने तीनै सरकारबीच प्रतिस्पर्धा

केही महिना यता सरकारी निकायले अस्थायी र करारमा कर्मचारी भर्ना गरिरहेका छन् । स्थानीय तह हुँदै प्रदेश र सङ्घीय सरकारले पनि धमाधाम अस्थायी कर्मचारी भर्ना गर्न थालेपछि सर्बत्र आलोचना भएको छ । लोकसेवा आयोगको सिफारिसमा बढीमा ६ महिनाका लागि कर्मचारी भर्ना गर्न सकिने व्यवस्था भएपनि, आयोगसँग कसैले सिफारिस लिएका छैनन् ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालय […]

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेको संख्या १ सय ५ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेको संख्या १ सय ५ पुगेको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृत्युहुनेको संख्या १ सय ५ पुगेको हो । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ६० वर्षका पुरुषको निधन भएको अस्पतालले जनाएको छ । काठमाडौंस्थायी घर भएका उनको हिजो अपरान्हउपचारको क्रममा निधन […]

कोरोना रोकथामका लागि नियम पालना गर्न सर्वसाधारणलाई गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियम पालन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दिको सबै नियम पालना गर्न उहाँले आग्रह गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ […]

सिन्धुलीका सबै स्थनिय तहहरुमा बन्दाबन्दीको घोषणा

कोरोना भाइरसको सङक्रमण बढ्दै गएपछि सङक्रमणको जोखिम न्युनिकरण कम गर्नका लागि सिन्धुलीका नौ वटै स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । मानिसको आवागमनमा कडाई र सरकारी कामकाजका लागि दिने सिफारिस समेत स्थगित गरेको उनिहरुले जनाएका हुन् । जिल्लाका कमलामाई, दुधौली नगरपालिका र गोलन्जोर, फिक्कल, सुनकोसी, मरिण, हरिहरपुढी, हतिनपाटन र घ्याङलेख गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा […]

नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको छ । १७ हजार २०१ […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिनुभयो । मृतक क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहको भनाई छ […]

भदौ मसान्तसम्म हवाइ उडान र लामो दुरीका यातायात नचल्ने

सरकारले भदौ महिनाभरि लामो दुरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान नखोल्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अस्ति बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदौ १५ सम्म हवाइ उडान र लामो दुरीका सवारी साधन नखोल्न सरकारलाई सिफारिस गरेको थियो । तर काठमाडौँ उपत्यकालगायत […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो, देशभर थपिए ३३८ संक्रमित

कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुइ तथा बाँके र पर्सामा एक–एक जना रहेका छन् । काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको किर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी […]