रामेछाप गुम्दलकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

रामेछाप गुम्दलकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

रामेछाप जिल्लाकोे उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलकी २८ बर्षिय सुत्केरी सुमित्रा विकलाई आज हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ पठाइएको छ । विकलाई अत्याधिक रक्तश्राप भएपछि हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको हो । सोमवार राती सुत्केरी हुनुभएकी बिकलाई धेरै रगत बगेपछि गाउँमा उपचार हुन नसकेर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी विकको निशुल्क हेलिकप्टर मार्फत उद्धार गरिएको हो । यसअघि पनि उमाकुण्ड गाउँपालिका २ बाम्ती निवासी मेनुका कार्कीलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार