मन्थली नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

मन्थली नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको मन्थली नगरपालिकाको आठौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा आठौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले प्रस्तुत गर्नुभयो । नगर सभामा नगर प्रमुख रमेश कुमार बस्नेतले चालु आर्थिक वर्षको लागी स्वीकृत नीति तथा कार्यक्रहरु , चालु आर्थिक वर्ष २०७७÷७८ को लगभग ६ महिनाको अवद्यिमा भएका मुख्य उपलब्धिहरु, समस्या तथा चुनौतीहरु र आगामी दिनमा गर्नुपर्ने महत्वपुर्ण कार्यहरुको बारेमा जानकारी गराउनुभयो । नगर प्रमुख बस्नेतका अनुसार मन्थली नगरपालिकाले यहि पौष महिनाको २६ गतेसम्म कुल विनियोजित बजेटको २४.७५ प्रतिशत रकम खर्च भएको बताउनुभयो । जसमा चालु तर्फ ३२.०५ प्रतिशत र पुँजीगत तर्फ १६.५ प्रतिशत रकम खर्च भएको छ । नगरपालिकाले आन्तरीक राजश्व संकलनमा लक्ष्य अनुरुप उल्लेखनीय प्रगती हासिल गरेको नगर प्रमुख बस्नेतले बताउनुभयो । यहि पौष २६ गतेसम्म १ करोड ७५ लाख ६८ हजार ९ सय ५५ रुपैयाँ राजश्व मार्फत आम्दानी भएको छ । यसले पूर्वानुमान गरिएको हिस्साको ६६.०४ प्रतिशत ओगटेको नगर प्रमुख बस्नेतले बताउनुभयो । नगरपालिकाका उपप्रमुख माया कुमारी कार्कीले मन्थली नगरपालिकाले विकासमा फड्को मारेको बताउनुभयो । नगरपालिकामा धेरै राम्रा कामहरु भएपनि ति कामहरु प्रचार प्रसार नहुँदा अझोलेमा परेको र नगरपालिकामा केही नभए जस्तो देखिएको बताउनुभयो । उहाँले समग्र नगरको विकासमा एकताबद्ध भएर लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार