रामेछापका २१६ जना कोरोना संक्रमित निको , चार जना आईसोलेसनमा

रामेछापका २१६ जना कोरोना संक्रमित निको , चार जना आईसोलेसनमा

रामेछापका २१६ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका सात जना कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १६ पुगको हो । बिहिबार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २३, २६, २९, ३४ र ४० वर्षीया महिला तथा १३ र २६ वर्षीय पुुरुष छन् । अब मन्थली नगरपालिकाका दुई जना र दोरम्बा गाउँपालिकाका दुई जना गरी जम्मा चार जना सक्रीय सङ्क्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म जिल्लाबाट दुई हजार ५२५ जनाको स्वाब सङ्कलन गरी पीसिआर विधिबाट कोरोना भए नभएको पहिचान गर्न परीक्षण गरिएकोमा २२० जनाको रिपोर्ट पोजेटिभ आएको थियो । अन्य दुई हजार ३०५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार