रामपुरका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण

रामपुरका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले वडाका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को बालबालिका, जेष्ठ नागरीक र अपाङ्ग कार्यक्रम अन्तर्गत २ लाख बजेटबाट जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पृथ्वीनारायण श्रेष्ठले जानकारी दिनुभयो । वडाका ७५ वर्षदेखि माथिका १७० जना जेष्ठ नागरीकलाई जाडोमा लगाउने ज्याकेट र वडाका ७ वटै आधारभुत विद्यालयका ३६५ जना बालबालिकालाइ स्विटर वितरण गरिने वडा सदस्य श्रेष्ठले बताउनुभयो । वडाका केही विद्यालयका बालबालिका र केही जेष्ठ नागरीकहरुलाई वितरण गरिसकिएको र बाँकीलाई क्रमैसँगै वितरण गर्दै जाने उहाँले बताउनुभयो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का र वडाअध्यक्ष भिम बहादुर तामाङले जेष्ठ नागरीकलाई ज्याकेट र बालबालिकालाइ स्विटर वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार