मन्थली नगरपालिकाका मेयरको भनाई प्रति पत्रकार महासंघ रामेछापको आपत्ती

मन्थली नगरपालिकाका मेयरको भनाई प्रति पत्रकार महासंघ रामेछापको आपत्ती

नेपाल पत्रकार महासंघ रामेछापले मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतको भनाई प्रति प्रेस विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको छ । यहि पौष २८ गते मन्थली नगरपालिकाको आठौँ नगर सभामा नगर प्रमुख रमेश कुमार बस्नेतले आफनो धारणा राख्ने क्रममा नगर सभामा पत्रकारहरुको अनुस्थितीको विषयलाई लिएर व्यक्त असान्धर्भिक,अनैतिक र अशोभनिय सार्वजनिक भनाई प्रति पत्रकार महासंघको गम्भिर ध्यानकर्षण भएको प्रेस विज्ञप्ति मार्फत उल्लेख गरिएको छ । नगर प्रमुख बस्नेतले नगरसभाको कार्यक्रममा बोल्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाईन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ? भन्दै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेको ठहर महासंघले गरेको छ । नेपाल पत्रकार महासंघ रामेछाप सहित जिल्लाका पत्रकारहरुका विभिन्न सङ्घसंगठनहरु नेपाल प्रेस युनियन , आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे),सञ्चारिका समुह र रिपोर्टस क्लब नेपालले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ती जनाएका छन ।

नेपाल पत्रकार महासंघ रामेछापद्धारा जारी प्रेस विज्ञप्ति : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार