देशभरका ५१ जिल्लाका २ सय ८३ स्थानमा डढेलो
सुख्खायामसँगै देशभरका विभिन्न जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । अहिले पनि देशभरका ५१ जिल्लाका २ सय ८३ स्थानमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । आज सबैभन्दा बढी पर्साका ३३, चितवनका २६ र सिन्धुलीका २० ठाउँमा डढेलो लागिरहेको विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माले जानकारी दिनुभयो । सुर्खेत, रौतहट, मकवानपुर, दाङ, बर्दिया […]

