नवनिर्वाचित पत्रकारहरुलाई हजुरको रेडियोमा सम्मान

नवनिर्वाचित पत्रकारहरुलाई हजुरको रेडियोमा सम्मान

रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज परिवारले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । रेडियोको कार्यालय रामेछाप डाँडामा जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभा सदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रेडियो परिवारले सम्मान गरेको हो । हजुरको रेडियाका स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओडाउँदै सफल कार्यकालको शुभकामना तथा बधाई समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार