नवनिर्वाचित पत्रकारहरुलाई रामेछाप नगरपालिकाद्वारा सम्मान

नवनिर्वाचित पत्रकारहरुलाई रामेछाप नगरपालिकाद्वारा सम्मान

रामेछापको रामेछाप नगरपालिकाले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख नर बहाद्ुर थापा मगरले नगरपालिकाले गरेका राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुमा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले स्थानिय तहहरुलाई पार्दर्शी बनाउन पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको बताउनुभयो । जिल्लाका पत्रकारहरुले खोजमुलक पत्रकारीतालाई ध्यानमा राख्दै सत्य,तथ्य र यथार्थमा आधारीत भएर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको बताउनुभयो । नवनिर्वाचित पत्रकारहरुलाई स्थानिय तहसँग नजिक रहेर समन्वय र सहकार्यका साथ काम गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभा सदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार