आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर फर्किए पार्टीमा विना भेदभाव काम गर्न दिने बताउनुभयो । तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उहाँको भनाइ छ । आफूलाई जति भने पनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार