रामेछापमा नेकपा प्रचण्ड माधव समुहको बन्द गराउने नयाँ शैली

बन्द गराउने परम्परागत शैलीलाई परिवर्तन गरी विहिवारको वन्द कर्ताहरूले वन्दको आब्हान गर्दै वजार सरसफाई समेत गरेका छन् । आन्दोलनकारीहरू सडक र सडक पेटी वडारीरहेका थिए भने सररफाइमा यस अघि देखि निरन्तर रुपमा लागिरहेको रामेछाप सहयोगी मनहरू (रासम) का पदाधिकारीहरु उनीहरुले वडारेर थुपारेको धुलो र फोहोर उठाइरहेका थिए । सरसफाईमा नेकपाका जिल्ला इन्चार्ज देवशंकर पौडेल, संघिय […]

रामेछापको मन्थलीमा खुल्यो होण्डाको सर्भिस र बिक्री केन्द्र

रामेछापको सरदमुकाम मन्थलीमा सेतिदेबी अटोमोबाइल्स प्रा. लि. ले होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्र सुरु गरेको छ । आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रिवन काटेर होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्रको उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले युवाहरुलाई व्यवसायमा लाग्न आग्रह गर्नुभयो […]

बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुरा, महत्वपूर्ण कानुन अझै बनेन्

बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुगे पनि महत्वपूर्ण कानुन अझै बनेका छैनन् । प्रदेश सभाले अहिलेसम्म पनि प्रदेश लोक सेवा ऐन, कर्मचारी ऐन, भूमि ऐन, अनुसन्धान ब्युरोसम्बन्धी ऐन र गुठीसम्बन्धी ऐन बनाउन सकेको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहिचान गरेका ९९ वटा कानुन दुई वर्षभित्र बनिसक्ने दाबी गरेपनि हाल सम्म जम्मा ५९ […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, ७३८ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएको सात दिनमा ७३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी ७३८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी […]

सम्वृद्ध नगरपालिका बनाउन सबैको भुमिका महत्वपुर्ण छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले यस पटक समग्र नगर विकासमा कोरोना भाईरस रोगका कारणले सोचे जति काम गर्न नसकिएको बताउनुभएको छ । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणमा धेरै समय र बजेट खर्च भएको कारणले सोचे जति उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी दुवैको साथ सहयोगले मात्रै सम्वृद्ध नगरपालिका बन्ने […]

प्रथम वडाध्यक्ष कपको उपाधी लिना लाफा समूहले जित्यो

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा शुक्रबार देखि संचालन भएको प्रथम रामपुर वडाध्यक्ष कप २०७७ पुरुष भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चालु आर्थिक वर्षका लागि विनियोजित लक्षित कार्यक्रम अन्तरगतको युवा तथा खेलकुद शिर्षकबाट वडा कार्यालयले आयोजना गरेरको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिताको […]

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नतिजा सार्वजनिक भएको जानकारी दिए ।   नतिजा सार्वजनिक गर्न बोर्डले सोमबार बिहान १० बजे बैठक बोलाएको थियो । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को […]

रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागी खेलकुद ”भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिता ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा वडा भित्रका टिमहरुले सहभागिता जनाएका छन । प्रथम वडाअध्यक्ष कप […]

रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको आठौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा आठौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले […]

खोप अभियान सुरु भएको दुईदिनमा रामेछापका १२९ जनाले खोप लगाए

कोरोना विरुद्धको खोप अभियान सुरु भएको दुईदिनमा रामेछापका १२९ जनाले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएका छन् । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेविका सफाइकर्मी,सुरक्षकर्मी र एम्बुलेन्स चालक गरी १२९ जनालाई पहिलो चरणको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान सुरु […]