रामेछापका आज ३७ जनाले जिते कोरोना, आजै पाँच जना सङ्क्रमित थपिए

रामेछापका आज ३७ जनाले जिते कोरोना, आजै पाँच जना सङ्क्रमित थपिए

रामेछापमा आज थप ३७ जना कोरोनामुक्त भएका छन् भने पाँच जना सङक्रमित थपिएका छन् । होम आइसोलेसनमा रहेका ३६ जना र संस्थागत आइसोलेसनमा रहेका एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या १११ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार आइतबार गोकुलगङ्गा गाउँपालिकाका दुई जनाको पीसिआर रिपोर्ट र जिल्ला अस्पताल रामेछापका तीन जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार वैशाखदेखि हालसम्मको अवधिमा ३४० जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये अहिले १९२ जना सक्रीय सङ्क्रमित होम आइसोलेसनमा रहेका छन भने तीस जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भइसकेको छ । यस्तै पाँच जनालाई रिफर गरिएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार अब एकसय जनाको पीसिआर रिपोर्ट र पाँचजनाको एन्टिजेन्ट परीक्षण रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार