नेपालमा आज ९ सय जनामा कोरोनाको सङ्क्रमण 

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन परीक्षणमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु […]

अध्यक्ष र वडा अध्यक्ष पौडेल दाजुभाइको घरमा आगलागी, ५० लाख भन्दा बढिको क्षति

ओखलढुंगाको लिखु गाउँपालिका ८ टारकेराबारीमा आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको छ । गाउँपालिका अध्यक्ष समेत रहनु भएका लिखु ८ का गोविन्द पौडेल र उहाँका भाई वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलको घरमा गयराति आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गयराति […]

रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको […]

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका पाँच सय […]

कम्तिमा ५० प्रतिशत बेड कोरोना उपचारमा छुट्याउन सबै सरकारी अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि कम्तिमा ५० प्रतिशत बेड छुट्याउन सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । कोरोना सङ्क्रमण बढ्दै गएको र विशेषतः बालबालिका, युवा वर्गमा सङ्क्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएकाले जनस्वास्थ्यका मापदण्डकडा रूपमा पालना गर्नुपर्ने सूचनामा भनिएको छ । […]

२० थान सिसौंका काठ सहित रामेछापमा २ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट अबैध रुपमा ल्याउदै गरेको काठसहित २ जनालाई रामेछाप प्रहरीले प्रक्राउ गरेकोे छ । चैत्र १ गते दिउसो मन्थली नगरपालिका २ आकाशेमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा ट्याक्टर सहित २ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । मन्थली नगरपालिका ११ पन्थलीबाट ज १ त ८०२५ […]

रामेछापको भालुखोपडाँडामा भालुखोप सामुदायिक होमस्टे सन्चालन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोप डाँडामा भालुखोप सामुदायिक होमस्टे सन्चालनमा आएको छ । रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोपडाँडामा स्थानियहरुले भालुखोप सामुदायिक होमस्टे सन्चालन गरेका हुन । तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा नयाँ वर्ष २०७८ सालको अवसर पारेर बुधबारदेखी सामुदायिक होमस्टे सन्चालनमा आएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले सामुदायिक […]

पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने

पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी , सरकारी कर्मचारी, सुरक्षाकर्मी , सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि […]

नयाँ वर्ष २०७८ः राष्ट्रपति सहित विभिन्न शिर्ष व्यक्तित्वको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गर्नुभएको छ । उहाँले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित […]

आजबाट नयाँ वर्ष २०७८ सुरु

आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमाशुभकामनाआदानप्रदान गरी मनाइरहेका छन् ।आज हरेक व्यक्तिले गतवर्ष गरेकाकामको सफलता र असफलतामूल्याङ्कन गरी नयाँ योजनाको संकल्पगर्ने गर्दछन् । नयाँवर्षको अवसरमा सरकारले सार्वजनिकविदासमेत दिएको छ । नयाँवर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिकदलका नेताहरूले […]