गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि […]

किशोरीलाई बलात्कार गरेर फरार रामेछापका खड्का पक्राउ

किशोरीलाई बलात्कार गरेर फरार रामेछापका एक युवक पक्राउ परेका छन । ललितपुर इमाडोलमा एक किशोरीलाई बलात्कार गरेर फरार रहेका रामेछापको मन्थली नगरपालिका वडा नं १४ खारपानी पाल्लेका २७ बर्षिय छत्र बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले आज मन्थलीबाट पक्राउ गरेको हो । २०७३ जेठ १३ मध्ये रातमा किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी […]

रामेछापमा कोरोना संक्रमित घटे,आज ८ जनामा संक्रमण पुष्टि

रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा […]

आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थनमा मेघगर्जन तथा चट्याङको संभावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौं […]

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ रामेछापको अध्यक्षमा गणेश खड्का

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले रामेछाप जिल्लामा पनि समिती गठन गरेको छ । नेपालका ७७ वटै जिल्लामा समिती गठन गर्ने योजना अनुसार आज रामेछापमा समिती गठन गरिएको हो । आज गठन गरिएको समितीमा अध्यक्षमा गणेश खड्का,उपाध्यक्षमा विष्णु कुमार प्रधान,सचिवमा भिम बहादुर पाण्डे,सहसचिवमा विकास राना र सदस्यहरुमा विरबल माझी र प्रवेश श्रेष्ठ निर्विरोध चयन भएका छन […]

रामेछापमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु गएको छ । रामेछाप नगरपालिका वडा नं ५ की ९७ वर्षिया महिलाको जिल्ला अस्पतालमा आज विहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मृत्यु भएकी वृद्ध महिलामा यहि साउन २५ गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या […]

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको धेरै समयपछि पनि दोस्रो खोप लगाउन सकिने

कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको धेरै समय हुँदा असर कम हुने हो कि भन्ने भ्रममा नपर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाको अन्तरमा दोस्रो मात्रा लगाउनुपर्ने सुरुमा भनिए पनि खोप समयमा आइन पुग्दा ५ महिनापछि अहिले सरकारले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन सुरु गरेको छ […]

प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष तथा कलर कार्ड सेवा सुरु

जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष र कलर कार्ड सेवा सुरु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले आज प्रहरी कार्यालय रामेछापमा एक कार्यक्रमका बीच उक्त सेवा सुरु गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै प्रजिअ शैजुले नागरिकलाई थप प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न यस्तो सेवाले निकै सहजता हुने बताउनुभयो । नागरिकमैत्री कार्यक्रमहरुमा […]

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गंगा नगरकोटीले तीन दिन अधिकांश स्थानमा वर्षा हुने बताउनुभयो । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा […]

७७ वटै जिल्लालाई कोरोना सङ्क्रमितको उपचारका लागि पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन

गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । मन्त्रालयले हिजो ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज तयारी अवस्थामा राख्न परिपत्र मार्फत निर्देशन दिएको हो […]