यहि भदौ २५ गतेदेखि मन्थली नगरपालिकाका सबै विद्यालय खुल्ने

यहि भदौ २५ गतेदेखि मन्थली नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन ।

२०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको कोरोना सुरु भएसँगै बन्द भएका थिए । त्यसयता विद्यार्थीको पठनपाठन, परिक्षा संचालन लगायतका शैक्षिक गतिविधिका सबै काम विद्युतिय माध्यम (अनलाइन) बाट संचालन हुँदै आएका थिए ।

कोरोना भाइरसका काराण १७ महिना अघि देखि भौतिक रुपमा ठप्प रहेका ७२ वटा विद्यालयहरु स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठ गर्ने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको गरेको छ ।

मन्थली नगरपालिकामा ६६ वटा सामुदायिक र ६ वटा नीजि विद्यालयमा गरी करिव ११ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार