बागमती प्रदेशमा लाइसेन्सको परीक्षा आजदेखि

बागमती प्रदेशमा लाइसेन्सको परीक्षा आजदेखि

बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा आजदेखि सञ्चालन गर्ने भएको छ । कार्यालयले वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालन गर्ने भएको हो । प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थी, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार