रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा चिलाउनेमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको हो ।

हिजो राति खेतमा पानी लगाउन जाने क्रममा भिरबाट लडेर ७७ वर्षिय टलक बहादुर मगरको मृत्यु गएको सोहि वडाका वडाअध्यक्ष टुपेन्द्र बहादुर तामाङले जानकारी दिनुभयो ।

मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । मृतक मगर पूर्व पन्चायत अध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार