रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी

रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालयले बिद्यालय संचालन गर्नको लागि सम्बन्धित स्थानिय तहले डिसिसिएमसिलाई सिफारिस गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गौलचन शैजूले जानकारी दिनुभयो ।

आफनो स्थानिय तहको कोभिडको अवस्था र बिद्यालय बन्दले पारेको असर सहित बिद्यालय खोल्न पाउनु पर्ने माग सहित सिफारिस गरेमा बिद्यालय खोल्न पाइने प्रजिअ शैजूले बताउनुभयो ।

लामो समयदेखि भौतिक रुपमा विद्यालय संचालन नभएको, सबै विद्यार्थीको पँहुचमा इन्टरनेट नभएको, कोभिड–१९ को जिल्लाको अवस्था विश्लेशण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम स्मार्ट लक डाउनको अवस्था देखिएको हुँदा यसै कार्यबिधीलाई प्रयोग गर्दै सबै कक्षाहरु संञ्चालन गर्न दिईने प्रजिअ शैजूको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार