१५ महिनामुनिका बालबालिकालाई नियमित खोप नछुटाउन आग्रह

१५ महिनामुनिका बालबालिकालाई नियमित खोप नछुटाउन आग्रह

सरकारले १५ महिनामुनिका बालबालिकालाई दिनुपर्ने नियमित खोप नछुटाउन आग्रह गरेको छ । कोरोना महामारीको समयमा पनि बालबालिकालाई दिनुपर्ने नियमित खोप दिइरहेको भन्दै सरकारले खोप नछुटाउन आग्रह गरेको हो ।

नियमित खोप नलगाउँदा दीर्घकालिन रुपमा विभिन्न सङ्क्रामक रोगको सङ्क्रमण, अपाङ्ग र मृत्यु हुने दर बढ्ने भएकाले आफ्ना बालकालिकाको उमेर अनुसार नियमित खोप लगाउनुपर्नेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोड दिएको छ ।

शिशुलाई जन्मनेवित्तिकै बिसीजी, ६ महिनामा रोटा, पोलियो, एफ.आइ.पी.भी, पि.सी.भी, डि.पि.टि र हेपटाइटिस बी, १० हप्तामा रोटा, पोलियो, पि.सी.भी, डि.पि.टि र हेपटाइटिस बी, १४ हप्तामा पोलियो, एफ.आइ.पी.भी, डि.पि.टि र हेपटाइटिस बी, नौ महिनामा पि.सि.भि र दादुरा रुबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिज, १५ महिनामा दादुरा रुबेलाविरुद्धको खोप लगाउनुपर्छ । यसले उनीहरूमा रोगसँग लड्ने क्षमता बढाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार