चार प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन मौसम विद्को अनुरोध

चार प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन मौसम विद्को अनुरोध

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन जलतथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान वहावको जोखिम, नदीनाला र खहरे खोलामा पानीको सतह समेत बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वर्षाका कारण आज महाकाली,कोशी,नारायणी र सहायक नदीहरू सुनकोशी,त्रिशुली,मस्र्याङ्दी लगायतमा पानीको वहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती,पश्चिम राप्तीमा बहाब बढ्ने र सर्तकतातह सम्म पुग्न सक्ने बताइएको छ भने बबई नदीमा बहाव बढ्नुका साथै सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार