आज वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिँदै

वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको […]

रामेछापको सुनापती बेथानमा गाडी दुर्घटना ६ जना घाइते

रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा आज बिहान गाडी दुर्घटना भएको छ । प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना हुँदा सो जिपमा सवार ६ जना घाइते भएका छन् । दुर्घटनामा परी सुनापति गाउँपालिका–४ लोप्राङ बस्ने बर्ष २२ का रामशरण श्रेष्ठ, लोप्राङकै बर्ष १८ का रोज बहादुर श्रेष्ठ, बर्ष […]

शैक्षिक सत्र सञ्चालनमा विद्यालयमा अन्यौलता

सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयहरु भने अन्यौलमा छन् । शैक्षिक सत्र २०७७ सालको नतिजा प्रकाशन गर्न नसकेका विद्यालयमा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिएको छ । जेठ ३० गते नतिजा प्रकाशन गरी असार १ गतेबाट भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नभएको […]

सरकारले असारदेखि जारी लकडाउनलाई ‘लुजडाउन’ लागू गर्ने

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले […]

रामेछापमा अब विहान ५ बजेदेखी विहान ९ बजेसम्म पसल खोल्न पाईने

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज राति १२ बजेदेखी लागू हुने गरी असार २ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । निषेधाज्ञा थप भएपनि जिल्लामा बैङ्क तथा वित्तीय संस्था र पसल तथा व्यवसायहरु सन्चालन गर्न पाउने समय भने केही हेरफेर गरिएको छ । अब अत्यावश्यक सामाग्री […]

खाली सिलिन्डरहरु उद्योगसम्म पु¥याइदिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पु¥याइदिन आग्रह गरेको छ । विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमा समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पु¥याइदिन आग्रह गरेको हो । ती […]

सुनापतीका कोरोना संक्रमितलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण

सक्षम स्मृती प्रतिष्ठानले रामेछापको सुनापति गाउँपालिकामा रहेका कोरोेना संक्रमितहरुलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको छ । सक्षम स्मृती प्रतिष्ठानका अध्यक्ष एवम नेपाल राष्टिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलले करिब २ लाख मुल्य बराबरको पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको सुनापति गाउँपालिकाबाट अर्थमान तामाङले जानकारी दिनुभयो । गाउँपालिकाका उपाअध्यक्ष गिता विष्टको रोहबरमा उक्त सामाग्री […]

रामेछापमा थपिए ४६ जना कोरोना संक्रमित,आज २९ जना निको

रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकाका ८ जनामा पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी जिल्ला अस्पतालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना,रामेछाप नगरपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा १६ जना,लिखु तामाकोशी गाउँपालिकामा ५ जना,सुनापती गाउँपालिकामा २ जना र तामाकोसी अस्पतालमा १ जनामा […]

रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछाप जिल्लाका आजदेखी ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । जिल्लामा आजबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । आजदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो […]

स्वास्थ्यकर्मीलाई कम पारिश्रमिकमा कामनलगाउन मन्त्रालयको निर्देशन

सरकारले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको पारिश्रमिक भन्दा कममा काममा नलागाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अस्पतालहरुले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको भन्दा कममा काममा लगाएको गुनासो बढेपछि त्यसो नगर्न आग्रह गरेको हो । मन्त्रालयले अस्पतालहरुलाई स्वास्थ्यकर्मीलाई तोकिएको न्यूनम पारिश्रमिक दिन र सबै कर्मचारीलाई सामाजीक सुरक्षा कोष अन्तर्गत अनिवार्य समावेश गर्न पनि निर्देशन […]