रामेछाप सहित देशभरका धेरै ठाउँमा झरी
आज प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । धेरै ठाउँमा रातिदेखि नै झरी परिरहेको छ । प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम […]