नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछापको अध्यक्षमा रमेश कुमार बस्नेत

नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछापको अध्यक्षमा रमेश कुमार बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रामेछाप जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत चयन हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा भएको जिल्ला कमिटी भेलाले बस्नेतको अध्क्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको हो ।

उक्त भेलाले उपाध्यक्षमा धन योञ्जन र सचिवमा लालसिंह तामाङलाई चयन गरेको छ । आजै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालय स्थापना भएको छ ।

पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले आज कार्यालय उद्घाटन गनुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई बचाइराख्न एकीकृत समाजवादी अग्रसर भएको वताउनुभयो । उहाँले ओली नेतृत्वको एमालेले कम्युनिस्टको निष्ठा, आदर्श र सिद्धान्तमा प्रहार गरेको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार