रामेछाप बेथानमा जीप दुर्घटनामा एक जनाको ज्यान गयो, चार जना घाइते

रामेछाप बेथानमा जीप दुर्घटनामा एक जनाको ज्यान गयो, चार जना घाइते

रामेछापको सुनापति गाउँपालिका–४ बेथानको पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका–३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीको ज्यान गएको हो ।

उहाँको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो । दुर्घटनामा घाइते भएका अन्यको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार