नेपाली काँग्रेस रामेछाप नगरको सभापतिमा कमल विक्रम कार्की निर्वाचित

नेपाली काँग्रेस रामेछाप नगरको सभापतिमा कमल विक्रम कार्की निर्वाचित

नेपाली कांग्रेस रामेछाप नगर समितिको सभापतिमा फेरि पनि कमल विक्रम कार्की निर्वाचित हुनुभएको छ । यस अघि पनि उहाँ नै रामेछाप नगर समितिको सभापति हुनुहुन्थ्यो । सभापति पदका लागि राम प्रसाद घिमिरे र कार्की बिच सहमति जुट्न नसकेपछी मतदान मार्फत सभापति टुंगाइएको हो । कार्किले १३७ मत प्राप्त गर्नुभयो भने घिमिरेले ३५ मत प्राप्त गर्नुभयो ।

यसैगरी अरु पदाधिकारीहरु भने सहमतिमै टुङगाइएको छ । उपसभापतिमा केदार कार्की र राजेन्द्र प्रधान चयन भएका छ्न । सचीवमा सुशील बख्रेल र कोमल श्रेष्ठ चयन भएका छ्न । सहसचिवमा शंकर घिमिरे र यम कुमार पाखृन चयन भएका छ्न । रामेछाप नगरपालिका नेपाली काँग्रेसको पकड क्षेत्र हो ।                                                                                                                          यो सँगै नेपाली कांग्रेस रामेछापको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार