प्रदेश सरकारको बजेट खर्च दर आर्थिक वर्ष २०७७÷७८ मा ६९ दशमलब १ प्रतिशत मात्र

प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा ६९ दशमलब १ प्रतिशत मात्र बजेट खर्च गरेका छन् । जसमा चालु तर्फ ६७ दशमलव ५ प्रतिशत खर्च भएको छ भने पुँजिगततर्फ ७० दशमलव ७ प्रतिशत खर्च भएको छ महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश १ सरकारले आफ्नो समग्र बजेटको ६४ दशमलब ७६ प्रतिशत र प्रदेश २ ले […]

रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लगभग डेढ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले १ वर्षको अवद्यिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन […]

रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछाप जिल्लामा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । आजदेखी ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा कोरानो विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउन थालिएको हो । ५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप […]

रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ५ जना,रामेछाप नगरपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ८२ जना पुगेको छ । यस्तै आज जिल्लामा २० […]

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

रामेछाप नगरपालिकामा कोसेली घर सञ्चालन, उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप नगरपालिकामा आजबाट कोसेली घर सञ्चालनमा आएको छ । समाज सेवाजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कोसेली घर उद्घाटन गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कोसेली घरको उद्धघाटन गर्नुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुहरु नागकिहरुले सहजै प्राप्त गरुन् भन्ने उद्धेश्यले कोसेली घर सञ्चालन गरिएको नगरपालिकाले जनाएको […]

रामेछापमा पनि असारे विकासको चटारो

आर्थिक वर्षको अन्त्यमा आएर रामेछाप सहित आधिकांश स्थानमा बजेट सिध्याउने असारे विकासको चटारो यसवर्ष पनि अत्याधिक देखिएको छ । देशको संरचना बदलिए पनि असारमा नै बजेट सक्न भ्याइनभ्याई गर्ने प्रवृत्तिमा कमी आएको देखिदैन । असार सुरु भएदेखिनै गोरेटो बाटो, नाली सफाइ, खानेपानी, सिँचाइ कुलो, पोखरी, मन्दिर निर्माण र मर्मतजस्ता काम टोलैपिच्छे चलिरहेका छन् । गत […]

रामेछापमा थपिए ११ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा आज ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ७ जना,खाँडादेवी गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनागरी ११ जनामा एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ७२ जना पुगेको छ । जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या […]

रामेछाप उमाकुण्डमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ का वर्ष ३८ का एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । मृतक पुरुषको यहि २६ गते एन्टिजेन रिपोर्ट पोजेटिभ आएको थियो । उनी होम आईसोलसनमा बस्दै आएका थिए । […]

कोरोनाको उपचार र नियन्त्रणलाई चुस्त बनाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमै देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी समेत लिनुभएको छ । प्रधानमन्त्री […]