बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा

बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले सूचना बैंक सञ्चालनमा आएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्यले सूचना बैंकको शनिबार हेटौंडामा उद्घाटन गर्नुभयो ।

बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने मन्त्री शाक्य ले जानकारी दिनुभयो ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एकीकृत सूचना बैंक सञ्चालनमा ल्याइएको हो ।

मन्त्री शाक्यले नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताउनुभयो । बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहका सूचना आउनसक्ने गरी यसको विकास गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार