सिन्धुपाल्चोकको मेलम्चिमा ७ जनाको शव फेला

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो देखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश […]

रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,१४ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३० जना कोरोना संक्रमित थपिदा १४ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ६ सय ९ जना पुगेको छ । आज रामेछाप नगरपालिकाबाट ३ जना, दोरम्बा गाउँपालिकाबाट […]

एमाले नेता ढकालद्धारा कोरोनाका विरामीलाई एक महिनासम्म निशुल्क खाजा

नेकपा एमाले रामेछापका नेता एवम समाजसेवी होतराज ढकालले जिल्ला अस्पताल रामेछापमा रहेका कोरोनाका विरामीलाई एक महिनासम्म आफनो व्यक्तिगत खर्चमा निशुल्क खाजा खुवाउन थाल्नुभएको छ । उहाँले गत जेठ ३० गतेदेखी अस्पतालमा भर्ना भएका कोरोनाका विरामीलाई दैनिक प्रतिव्यक्ति एक गिलास दुध,एक वटा अण्डा र एक प्लेट चना सहितको खाजाको व्यवस्थापन गर्नुभएको छ । कोरोना संक्रमित भएपछि […]

रामेछाप खाँडादेवीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खाडादेबि गाउँपालिका ५ का ४४ बर्षिय पुरुषको उपचारको क्रममा गए राति १२ बजे धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । उनलाई जेष्ठ ३० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या […]

बागमती सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ २६ […]

ज्योति अस्पतालमा रामेछापकी एक महिलाको मृत्यु

काठमाडौँको कालिमाटीस्थित ज्योति अस्पतालमा रामेछापकी एक महिलाको मृत्यु भएको छ । मृतक अनिता घिमिरेका आफन्तले भने अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । ३ छोरीहरुकी आमा रहेकी अनिता पुनः गर्भवती थिइन् । तर, उनले असजिलो महशुस गरेपछि उनलाई आफन्तले ज्योति अस्पताल पुर्याएका थिए । अस्पतालले पेटमा पुनः छोरी रहेको जानकारी गराएपछि गर्भपतन गराउने […]

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना सङ्क्रमण जोखिम अझै कायम रहेको भन्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन […]

काठमाडौँ उपत्यकासहित १७ जिल्लामा निषेधाज्ञा थप

कोभिड–१९ नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा निषेधाज्ञाको समयावधि यही असार ७ गतेसम्म बढाइएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र […]

सातै प्रदेशले आज आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै

आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि […]

यस वर्षको एसईईको नतिजा साउन १५ भित्र प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को परीक्षाको नतिजा साउन १५ भित्र प्रकाशित गर्ने जनाएको छ । सामाजिक संजाल फेस्बुक मार्फत यस्तो जनाकारी दिएको छ । बोर्डले कार्यविधि आइतबार पारित गरेको छ । सोको निर्णय आज सोमबार सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १३ […]