मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने

“स्वस्थ मिर्गौला,स्वस्थ मन्थली”

मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने

“स्वस्थ मिर्गौला,स्वस्थ मन्थली”

रामेछापको मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ ।

नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क मिगौला परीक्षण गर्न लागेको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरिकहरुको निःशुल्क मिर्गौला परिक्षण यहि मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट सुरु गरिने उहाँले बताउनुभयो ।

मिर्गौला वचाउ अभियान अन्तर्गत राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका सबै नागरिकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार