रामेछाप भुजीमा दुई बालिकालाई बलात्कार गर्न खोज्ने युवक पक्राउ

विद्यालयबाट घर फर्किरहेका वर्ष ८ र ५ का दुई बालिकामाथि बलात्कारको प्रयास

रामेछाप भुजीमा दुई बालिकालाई बलात्कार गर्न खोज्ने युवक पक्राउ

विद्यालयबाट घर फर्किरहेका वर्ष ८ र ५ का दुई बालिकामाथि बलात्कारको प्रयास

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजी देउरालीमा दुई बालिकामाथि बलात्कारको प्रयास भएको छ । शुक्रबार दिउँसो विद्यालयबाट घर फर्किरहेका वर्ष ८ र ५ का दुई बालिकामाथि बलात्कारको प्रयास भएको हो ।

विद्यालयबाट फर्किरहेका दुई बालिकामाथि सोहि ठाउँका वर्ष १८ का प्रकाश भन्ने पदम बहादुर नेवारले बलात्कारको प्रयास गरेका ह्ुन । विद्यालयबाट घर फर्कदै गरेका दुई बालिकालाई पछ्याउँदै नेवारले एकान्त ढुंगाको चेपमा लगेर बलात्कार गर्न खोजेका थिए ।

बालिकाहरु चिच्याएर रुन थालेपछि अरु मानिसले थाहा पाउने डरले नेवार भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ ।

बालिकाकोे आफन्तले प्रहरीमा उजुरी दिएपछि नेवारलाई पक्राउ गरिएको प्रहरी प्रवक्त श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका नेवारलाई जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार