रामेछापमा ६० हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

जिल्लामा खोप अभियान जारी

रामेछापमा ६० हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

जिल्लामा खोप अभियान जारी

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ६० हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ६० हजार ६ सय ४३ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा ६६ हजार २ सय १९ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो । अहिले पनि जिल्लामा खोप अभियान जारी छ ।

यहि मंसिर ५ गतेदेखी २७ गतेसम्म जिल्लाका ८ वटै पालिकामा विभिन्न चरणमा खोप अभियान सन्चालन भइरहेको स्वास्थ्य कार्यालय रामेछापका सुचना अधिकारी राजेश प्रसाद पालले जानकारी दिनुभयो ।

जिल्लामा अहिले १८ देखी ३९ वर्षसम्मका नागरीकहरुले एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाइरहेका छन । आफुलाई नजिक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालय रामेछापले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार